जन्मदिनको दिन गुल्मीकि चेलीद्वारा अपांगलाई सहयोग

By

मनोज कार्की
साउन २ गुल्मी
यो पछिल्लो समयमा प्राय मानिसहरू आफ्नो जन्मदिनको दिन होटल रेस्टुरेन्ट मा पार्टी संगै फजुल खर्च गरेको देखिन्छ । तर गुल्मीकि सरिता पन्थीले जन्मदिनको दिन उदाहरणिय काम गरेकी छ्न । पन्थीले आफ्नो जन्मदिनको दिन अपाङ्ग अनाथ आश्रमलाई सहयोग गरेका छन् ।

मालिका गाउँपालिका ७ घमिरबाट बसाइँ सराई गरि बुटवल उपनगरपालिका देबिनगर बसोबास गर्दै आएका रामप्रसाद पन्थीकी श्रीमती सरिता पन्थीले सबै नेपालीलाई उदाहरण दिदै अपांग अनाथलाइ ८ हजार बराबरको खाजा नास्ता सहित ईलक्टोनिक सामनहरु बिहिवार वितरण गरेकी हुन ।

यि पन्थीको जोडिले जन्मदिनमा मात्र नभई अन्य सामाजिक सेवामा पनि चासो देखाउँदै सहयोगमा जुटेको देखिन्छ। समाज परिबर्तन संगै सामाजिक सेवामा यो जोडि जुट्ने समेत जानकारी दिएका छन् ।
साबिकको घमिर गा बि स बाट बसाइँसराइ गरि बुटवल उपमहानगरपालिका ११ मा अबस्थित देबिनगरमा बस्दै आएका छ्न ।

You may also like