गुल्मीका १२ स्थानीय तहमध्ये २ गाउँपालिका मासु र दुधमा आत्मनिर्भर हुँदै

By

मनोज कार्की
असार २९ गुल्मी

गुल्मी जिल्लामा २ नगरपालिका र १० गाउँपालिका गरि १२ वटा स्थानीय तह रहेका छन। स्थानीय तहको निर्बाचन भएको २ बर्ष बितिसक्दा २ स्थानीय तहले मासुमा आत्मानिर्भर बनेका छ्न ।

सत्यबती गाउँपालिका र धुर्कोट गाउँपालिका आत्मनिर्भर भएको पाइएको छ । सदरमुकाम तम्घासको नजिकै रहेको धुर्कोट गाउँपालिकाले पालिका भित्र आबश्यक मासुको व्यवस्थापनसँगै बाहिरसमेत निर्यात हुन थालेपछि मासुमा आत्मनिर्भर भएको घोषणा गरिएको धुर्कोट गाउँपालिकाले जनाएको छ।

यहि असार १७ गते प्रदेश नम्बर ५ कि भुमि ब्याबस्था , कृषि तथा सहकारी मन्त्री आरती पौडेलले धुर्कोट गाउँपालिका आत्मनिर्भर गाउँपालिका भन्दै घोषण समेत गर्नुभएको थियो ।

आर्थिक बर्षमा १८ सय १८ किलो बराबरको खसी तथा बोकाबाट ७ लाख २५ हजार रुपैयाँ आम्दानी गर्न गाउँपालिका सफल भएको गाउँपालिका प्रमुख पोखरेलले बताउनु भयो ।

हाल गाउँपालिकाभित्र ६४ वटा बाख्रा फार्म, २१ वटा कुखुरापालन फार्म, सात वटा मासु पसल, छ वटा गाईभैंसी पालन फार्म रहेका छन् ।

धुर्कोट गाउँपालिकाले सबै वडामा बाख्रापालन कार्यक्रम सञ्चालन गरी खोर सुधार, बोका वितरण, मासु पसल सुधार, घाँसका बीउ बेर्ना वितरण, गाईभैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको छ ।

यता गुल्मीकै एक स्थानीय तहले मासुमा आत्मानिर्भर तथा बिक्रीमा नापतौलमा कृषकहरुलाइ सहजताको लागि सत्यबती गाउँपालिकाले डिजिटल तराजु बितरण गरेको छ ।

मासु र दूधमा निर्भर रहेको सत्यवती गाउँपालिका अहिले भने एक ट्रक खसीबोका निर्यात गर्न सक्ने क्षमतामा पुगेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भएको छ ।

गाउँपालिकाले व्यास्थित तरिकाले व्यवसाय गर्नेलाई कृषकलाइ समूह बनाएर अनुदानको व्यवस्था समेत गरेको जानाकारी दिनु भएको छ ।

गाउँपालिकाले कृषकलाइ हौसाला दिदै बाख्रापालन व्यवसाय विस्तारका लागि बोयर बोका बितरण गरिएको धकालले बताउनु भयो ।

मासुमा मात्र नभई गाउँपालिका दूधमा पनि आत्मनिर्भर हुँदै आएको गाउँपालिकाले दाबी गर्दै आएको छ । साथै गाउँपालिकामा दैनिक कृषकबाट सय लिटर दूध निर्यात हुन लागेको पाइएको छ।

You may also like