अझै २ महिना कुर्नु पर्ने स्मार्ट लाइसेन्स लिन

By

काडमाडौं , ३० कात्तिक ।

स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले अझै दुई महिना कुर्नुपर्ने भएको छ ।काठमाडौं। लामो समयदेखि पालो कुरेर बसेका सेवाग्राहीले स्मार्ट लाइसेन्स लिन अझै दुई महिना कुर्नुपर्ने भएको छ । विभागसँग भएका प्रिन्टिङ मेसिनमा भएको खराबी तथा एउटै नम्बरका ६ हजार लाइसेन्स दोहोरिएका कारण पालो कुरेर बसेका सेवाग्राहीले लाइसेन्स पाउन अझै दुई महिना कुर्नुपर्ने भएको हो । विभागको ढिलासुस्तीका कारण एक वर्षअघि आवेदन दिएकाले समेत पाउन सकेका छैनन् । छपाइ एक महिनाभित्रमा गरिसक्ने भए पनि वितरण गर्दा लगभग दुई महिना लाग्छ । आफूसँग भएका प्रिन्टिङ मेसिनमार्फत कार्ड छपाइको काम गरे पनि सेवाग्राहीको माग पूरा गर्न सकिरहेको छैन ।

विभागसँग हाल पाँचवटा मात्रै प्रिन्टिङ मेसिन छन् । ती मेसिनमा दैनिक २ हजार ५ सयप्रति मात्रै कार्ड छापिन्छन् । तर, माग भने दैनिक ५ हजारको हाराहारीमा छ ।सो माग पूर्ति गर्न नसक्दा निजी कम्पनी मालिका इनकर्पोरेटलाई लाइसेन्स कार्ड छाप्न दिइएको विभागले जनाएको छ । विभागका अनुसार भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएका ती स्मार्ट लाइसेन्स छाप्ने मेसिनले लाइसेन्स छाप्दै आएको छ ।विभागले पाँचवटा मेसिनले छापेका स्मार्ट लाइसेन्स आफू मातहतका १६ वटा कार्यालयबाट वितरण गरिरहेको छ । तर, माग पूर्ति गर्न नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
राजधानी दैनिक ।

You may also like